झोतामा अनमी र स्टाफ नर्सहरूलाई मनोसामाजिक सहयोग सम्बन्धि ३ दिने सुपरिवेक्षण तालिम सुरु

सेयर गरौं

बझाङको केदारस्युँ गाउँपालिका-९ झोतामा अनमी र स्टाफ नर्सहरूलाई मनोसामाजिक सहयोग सम्बन्धि ३ दिने सुपरिवेक्षण तालिम सुरु भएको छ ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग र दलित सहयोग समाजको आयोजनामा बिहीबारदेखि अनमी र स्टाफ नर्सहरूलाई मनोसामाजिक सहयोग सम्बन्धि ३ दिने सुपरिवेक्षण तालिम सुरु भएको हो ।

दलित सहयोग समाजको कार्यक्रम लागू भएको थलारा गाउँपालिका र बुङ्गल नगरपालिकाका रहेका स्वास्थ्य संस्थामा कार्यरत अनमी र स्टाफ नर्सका लागि तालिमको आयोजना गरिएको हो ।

अनमी र स्टाफ नर्सहरुलाई मानसिक समस्या भएका बिरामीहरूलाई मनोपरामर्श गर्ने सिपको बिकास गर्न , मनोसामाजिक समस्या भएका ब्यक्तिहरू पहिचान गर्न , मनोसामाजिक समस्या भएका ब्यक्तिहरुसँग परामर्श गर्दा आएका चुनौती र समस्या सम्बन्धि छलफल गरि समाधान गर्ने , त्यस्तै मनोसामाजिक समस्या भएका ब्यक्तिहरूलाई मनोसामाजिक सहयोग पुर्‍याई आत्महत्या गर्ने संख्यालाई न्युनिकरण गर्नका लागि तालिमको आयोजना गरिएको मानसिक स्वास्थ्य परियोजनाकी परियोजना संयोजक बिस्ना बमले बताउनुभएको छ ।
तालिम उद्घाटन कार्यक्रम दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकको अध्यक्षतामा झोतामा रहेको बिमल होटलमा सुरु भएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला अस्पताल बझाङका प्रमुख भानुभक्त जोशी रहनु भएको थियोे ,भने अतिथिमा यु एम एन का टिम लिडर ज्योति चपाइ रहनु भएको थियोे । तालिम सहजीकरण बरिष्ठ मनोबिमर्शकर्ता पार्वती पाण्डेले गरिरहनु भएको छ । तालिममा थलारा र बुङ्गलमा रहेका स्वास्थ्य संस्थाबाट एकएक जना अनमी स्टाफ नर्सको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212