१९ आश्विन २०८१, शनिबार
जिल्ला न्यायाधीश यादवद्वारा थलारा गाउँपालिका न्यायिक समितिको निरीक्षण
बझाङ – बझाङ जिल्ला न्यायाधीश नन्दकिशोर प्रसाद यादवले थलारा गाउँपालिका न्यायिक समितिको निरीक्षण गर्नुभएको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार थलारा गाउँपालिका न्यायिक समिति सञ्चालन भइरहेको छ कि छैन भन्ने उदेश्यका साथ न्यायाधीश यादवले निरीक्षक गर्नुभएको हो ।
निरीक्षणका क्रममा न्यायाधीश यादवले थलारा गाउँपालिका न्यायिक समितिको मुद्दा विवरण रजिष्टर मुद्दा दर्ता पुस्तिका लगायत मेलमिलाप केन्द्र लगायतको निरीक्षण गर्नुभएको थियोे ।
थलारा गाउँपालिका न्यायिक समिति संयोजक तथा उपाध्यक्ष रामबहादुर खातीले निरीक्षणमा आउनु भएका जिल्ला न्यायाधीश यादवलाई आफू निर्वाचित भएपछि अहिले सम्म न्यायिक समितिका विभिन्न प्रकृतिका ६ वटा मुद्दा दर्ता भएको विवरण प्रस्तुत गर्नुभएको थियोे ।
थलारा गाउँपालिका न्यायिक समितिको विवरण निरीक्षण गर्दै न्यायाधीश यादवले गाउँपालिका स्तरीय न्यायिक समितिमा धेरै अधिकार रहेपनि त्यो प्रभावकारी नभएको भन्दै तत्काल न्यायिक समिति सक्रिय हुनुपर्ने सुझाव दिनुभएको थियोे ।
थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित सहितको उपस्थिति रहेको निरीक्षण कार्यक्रममा न्यायाधीश यादवले नेपालको संविधान २०७२ ले न्यायपालिका कार्य पालिका र व्यवस्थापिका सहितको अधिकार स्थानीय तहलाई दिएकोले गाउँपालिका स्तरीय न्यायिक समिति सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियोे ।
स्थानीय सरकार सञ्चालन ऐन को दफा ४६ को उपदफा १० र २ मा स्थानीय न्यायिक समितिका काम कर्तव्य र अधिकार तोकिएको छ ।