२ फाल्गुन २०८१, शुक्रबार

झोतामा मनोसामाजिक सहयोग सम्बन्धि ३ दिने सुपरिवेक्षण तालिम सम्पन्न
बझाङको केदारस्युँ गाउँपालिका-९ झोतामा अनमी र स्टाफ नर्सहरूलाई मनोसामाजिक सहयोग सम्बन्धि ३ दिने सुपरिवेक्षण तालिम सम्पन्न भएको छ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग र दलित सहयोग समाजको आयोजनामा बिहीबारदेखि सुरु भएको अनमी र स्टाफ नर्सहरूलाई मनोसामाजिक सहयोग सम्बन्धि ३ दिने सुपरिवेक्षण तालिम आज सम्पन्न भएको हो ।
अनमी र स्टाफ नर्सहरुलाई मानसिक समस्या भएका बिरामीहरूलाई मनोपरामर्श गर्ने सिपको बिकास गर्न , मनोसामाजिक समस्या भएका ब्यक्तिहरू पहिचान गर्न , मनोसामाजिक समस्या भएका ब्यक्तिहरुसँग परामर्श गर्दा आएका चुनौती र समस्या सम्बन्धि छलफल गरि समाधान गर्ने , त्यस्तै मनोसामाजिक समस्या भएका ब्यक्तिहरूलाई मनोसामाजिक सहयोग पुर्याई आत्महत्या गर्ने संख्यालाई न्युनिकरण गर्नका लागि तालिमको आयोजना गरिएको मानसिक स्वास्थ्य परियोजनाका परियोजना संयोजक बिस्ना बमले बताउनुभएको छ ।
दलित सहयोग समाजको कार्यक्रम लागू भएको थलारा गाउँपालिका र बुङ्गल नगरपालिकाका रहेका स्वास्थ्य संस्थामा कार्यरत अनमी र स्टाफ नर्सका लागि तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
तालिम समापन कार्यक्रम दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकको अध्यक्षतामा भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला अस्पताल कार्यालय मानसिक स्वास्थ्य फोकल पर्शन सुरेश रावल रहनु भएको थियोे ,भने विशिष्ट अतिथि बरिष्ठ मनोबिमर्शकर्ता पार्वती पाण्डेले गरिरहनु रहनु भएको थियोे ।
तालिममा थलारा र बुङ्गलमा रहेका स्वास्थ्य संस्थाबाट एकएक जना अनमी स्टाफ नर्सको सहभागिता रहेको छ ।
सहभागी अनमी र स्टाफ नर्सहरूले सिकेका कुराहरू लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे । कार्यक्रम निकै प्रभावकारी भएको र धेरै कुरा सिक्ने अवसर मिलेको उनीहरूको भनाई थियोे । योभन्दा अघि पनि यस्तै मानसिक समस्या सम्बन्धि तालिम लिएको तर केही कुरामा भुलेको हुँदा असहजता भइरहेको बेला तालिम पाउँदा उहाँले तालिम दिने संस्था र प्रशिक्षकलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियोे ।
प्रशिक्षक पाण्डेलाई आफ्नो निमन्त्रणामालाई स्वीकारी कार्यक्रममा आएर प्रशिक्षण गरिदिनु भएकोमा अध्यक्ष विकले दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि रावलले थलारा र बुङ्गलमा मानसिक समस्या भएका ब्यक्ति कम भएको बताउँदै आफूले दिने सेवामा कमि आउन नदिने बताउनु भएको थियोे ।
कार्यक्रममा बोल्दै दलित सहयोग समाजका प्रबन्ध निर्देशक सुनिल नेपालीले पहिला पहिला महिलामा मानसिक समस्या बढि देखिने गरेको भए पनि पछिल्लो समययता पुरुषमा पनि यस्ता समस्या देखिन थालेका छन् । मानसिक समस्याले मान्छेको ज्यानै जान सक्ने भएकालेे यस्ता समस्या भएकाहरूलाई पनि सम्मानजनक ब्यवहार गर्नु आवश्यक रहेको बताउनुभयो । मानिष मनमा लुकाइराखेका कुराहरूले कसरी बाहिरी ल्याउने र उपचारको गर्ने बिधि मनोसाजिक सम्बन्धि तालिम प्राप्तले गर्न सक्ने बताउँदै यस्तो गरेमा आत्महत्या लगायतका घटनाहरू न्युनिकरण गर्न सकिने बताउनुभएको थियोे ।
कार्यक्रममा बोल्दै मनोसामाजीक सहयोग सम्बन्धि ३ दिने सुपरिवेक्षण तालिमका प्रशिक्षक पाण्डेले मानिषका समस्यालाई हटाउन र मानसिक समस्या भएका व्यक्तिको संख्यामा कमि गर्न सिकेका कुराहरूलाई प्रभावकारी रुपमा लागू गरि सेवा दिए सहजै सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो मानसिक समस्या भएका ब्यक्तिको कुराहरू सुनेर , सम्झाउने बुझाउने र अन्य मानिषलाई पनि यस्ता समस्या बोकेकाहरूको कुरा सुन्नु पर्ने हुन्छ ।
त्यस्तै समापन कार्यक्रममा बोल्दै अध्यक्ष बिकले गाउँ समाजमा लागू भएकोका कतिपय नराम्रो रुढीबादी चलन र कुसंस्कारले मानिषहरूमा मानसिक समस्या देखा पर्ने भएकाले यस्तो नराम्रो नराम्रो रुढीबादी चलन र कुसंस्कारलाई निर्मुलीकरण गर्नमा सबैले जोड दिनु पर्ने बताउनुभएको थियोे । उहाँले भन्नुभयो पछिल्लो समयमा मानसिक समस्या भएका प्रायःजसो किशोर किशोरीहरू देखा पर्ने गरेकाछन् । यस्तो अवस्थामा पुग्नुको कारण नराम्रो सामाजिक नियम पहिलो हुने गरेको हुन्छ,, र यस्ता मानसिक समस्या भएका ब्यक्तिलाई कसैले पनि नबुझ्दा यसले भयानक रुप लिने भएकोले नराम्रो रुढीबादी चलन र कुसंस्कारलाई निर्मुलीकरण गर्नुपर्ने भनेको उहाँको भनाइ रहेको थियोे ।
किशोर किशोरीहरुका साथै मानसिक समस्या भएकालेे आफ्नो समस्या खोल्न नसक्ने र आत्महत्या समेत गर्ने सम्भावना बढि हुने भएकोले यस्ता समस्या भएका बिरामीहरूलाई समयमै मनोपरामर्श दिनुपर्ने बताउनुभएको थियोे ।
समाजमा रहेका मानसिक समस्याका मानिषको पहिचान र उपचार गर्नु स्वास्थ्यकर्मीको भुमिका जिम्मेवारी र दायित्व भएकोले सहभागीलाई आफ्नै समाज र आफ्नो आमाबाबु दाजुभाइ दिदीबहिनी नातेदारनै हो भन्ने हिसाबले सामाजिक नकारात्मक नियमहरुलाई तोड्न का निमित्त अहम् भुमिका खेल्नु हुनेछ भन्ने आशा लिएको छु अध्यक्ष विबले भन्नुभएको थियोे । साथै उहाँले आफू सामाजिक सेवामा लागेको बताउँदै सभ्य र असल समाज बनाउनका लागि सबैलाई हातेमालो गरेर सामाजिक सेवामा लाग्न समेत अनुरोध गर्नुभएको थियोे ।
।
त्यस्तै आइतबारदेखि फेरि मेडिकल अधिकृत तथा पारामेडिक्स हरूका लागि मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने सुपरिवेक्षण कार्यक्रम सुरु हुनेभएको छ।
कार्यक्रम सञ्चालन दलित सहयोग समाजका बुङ्गल नगरपालिकाका फिल्ड सहजकर्ता राज पुजाराले गर्नुभएको थियोे ।
तस्बिरहरू





