१९ आश्विन २०८१, शनिबार
सुदूरपश्चिमका ६ जिल्लामा रेडक्रसले दियो नयाँ एम्बुलेन्स
बझाङ – नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले सुदूरपश्चिमका ६ ओटा जिल्लामा नयाँ एम्बुलेन्स उपलब्ध गराएको छ । बैतडी, दार्चुला, बझाङ, डोटी, कैलाली र कञ्चनपुरमा नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी प्रदेश कार्यालय कञ्चनपुरका बरिष्ठ सहायक धनबहादुर जप्रेलले बताए ।
रेडक्रसका जिल्ला शाखाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिएको उनले बताए । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को सहयोगमा रेडक्रसले एम्बुलेन्स खरीद गरेको हो । सुदूरपश्चिमका ६ जिल्लासहित देशभरीका ३०ओटा एम्बुलेन्स हस्तान्तरण गरिएको बरिष्ठ सहायक जप्रेलले बताए ।
रेडक्रसको केन्द्रबाट प्राप्त भएका एम्बुलेन्सहरु जिल्ला शाखाले सञ्चालन गर्नेछन् ।आकस्मिक बिरामीहरुलाई अस्पतालमा पुर्याउन एम्बुलेन्सहरुले सहयोग पुग्ने विश्वास गरिएको छ ।
जिल्लामा नयाँ एम्बुलेन्स आएपछि नागरिकलाई सहज हुने बताइएको छ ।