३ फाल्गुन २०८१, शनिबार

थलारा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,उपाधी चक्रेश्वर मावीलाई
बझाङको थलारा गाउँपालिकामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
माघ २६ गतेदेखि थलारा गाउँपालिका वडा नम्बर -५ स्थित थलारा माध्यमिक विद्यालयमा सुरु भएको स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २९ गते आइतबार सम्पन्न भएको हो ।
गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको उपाधी चक्रेश्वर माध्यमिक विद्यालयलले हात पारेको छ । ९ स्वर्ण,२ रजत र ५ कास्य पदक सहित चक्रेश्वर माविले उपाधी हात पारेको हो ।
यस्तै ८ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित थलारा माध्यमिक विद्यालयले प्रतियोगितामा दोस्रो स्थानमा बनाएको छ । प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको पुर्णचन्द्रोदय माध्यमिक विद्यालयले २ स्वर्ण, ५ रजत र २ कास्य पदक हात पारेको छ ।
पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको उपाधी हात पार्दै चक्रेश्वर माध्यमिक विद्यालयले शिल्ड हात पारेको छ । उक्त विद्यालयले तेस्रोपटक शिल्ड हात पार्न सफल भएको हो ।
त्यस्तै भलिबल र एथलेटिक्समा प्रथम, द्वितीय र तृतीय हुने बिद्यालयका छात्रछात्रालाई ट्रफी प्रमाणपत्र प्रदान गरिएको प्रधानाध्यापक शेरबहादुर चौहानले बताउनुभएको छ । साथै उत्कृष्ट भलिबल खेलाडी छानेर एकजना छात्र र एकजना छात्रालाई ट्रफी पनि प्रदान गरिएको छ । कार्यक्रम थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीको अध्यक्षतामा भएको हो ।






