१९ आश्विन २०८१, शनिबार
प्रजित कुँवरका चार मुक्तक
प्रजित कुँवर -स्याङ्जा
मुक्तक
१)
रहर हो की त्यस्तो बाध्यतामा भन्न भा छैन
देख्दा आँशु भरिन्छ आँखामा भन्न भा छैन
करोडौँको गाडी चढ्छ जो , महलमा बस्छ !
बृद्धाआश्रम छिन उसैकी आमा भन्न भा छैन ।
२)
पाउँथ्यो शरिर ले तातो भोटा, राख्दे न सरकार
पुराहोस् सपना दुईचार ओटा,राख्दे न सरकार
बडो राहत मिल्छ म जस्तै हामी गरिबहरू लाई,
दलित कोटा संँगै गरिब कोटा,राख्दे न सरकार ।
३)
कुनै फाईदा भएन अरू, जलाई दिनुहोस्
केही पल तापदेला बरू, जलाई दिनुहोस्
डिग्री पढेर पनि म परदेश जानु पर्यो आमा,
के काम प्रमाणपत्र हरू, जलाई दिनुहोस् ।
४)
बुढापामा लाग्छ खोकी दम, पठाउन नबिर्सनु
किन्न पुगोस् ओखती मलम,पठाउन नबिर्सनु
श्रीमती लाई पैसा पठाउँदा ए ‘ परदेशी मान्छे,
आमा लाई पनि केही रकम, पठाउन नबिर्सनु।
लेखक कुँवर वा न पा १४बाँयखोला सिख्रे स्याङ्जाका हुन् ।
उनी विभिन्न साहित्य विधामा लामोसमयदेखि कलम चलाउँदै आएका छन् ।
यदि तपाइलाई पनि आफ्नो लेखहरू यसरी नै प्रकाशित गर्नु परेमा सम्झनु होला थलारा खबर डटकमलाई , हामी प्रकाशित गरिदिने छु ।