नेपाल–भारत सीमा क्षेत्र परशुरामकोे बाङघाट र सिसमझाला घाट बन्द

सेयर गरौं

डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने नेपाल–भारत सीमा नाका बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले परशुराम नगरापालिका–५ परीगाँउको बाङघाट र वडा नम्बर ६ को सिसमझाला घाट बन्द गराएको हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले असुरक्षित तरिकाले नाका चलाउन नमिल्ने भन्दै बन्द गराएको जानकारी दिएका छन्।

प्रजिअ न्यौपाने भन्छन्, ‘त्यो इलिगल हो, नेपाल–भारतको बोर्डर खोल्न त्यहाँ भन्सार राख्नुपर्छ। पुल हुनुपर्छ। त्यस्तो असुरक्षित किसिमले नाका चलाउन मिल्दैन्।’

उनले अनौपचारी हिसावले चलेको भएपनि असुरक्षा हुन्छ भन्दै रोकेको जानकारी दिए।

तर, स्थानीयहरूले भने प्रशासनको निर्णयमा आपत्ती जनाएका छन्। भित्रि मद्येशका नागरिक दुवै नाकामार्फत डुङ्गा चढेर दैनिक उपभोग्यको सामग्री ल्याउने गरेका थिए।

परशुराम नगरपालिकामा मात्रै झन्डै ४० हजार जनसङ्ख्या रहेको भने आलिताल गाउँपालिकाका बासिन्दाहरू समेत भारत जान परशुरामका दुवै नाका प्रयोग गर्ने गर्दछन्।

सशस्त्र द्वन्द्वका बेला विस्थापित परशुराम नगरपालिका–५ र ६ मा रहेका छोटी भन्सार कार्यालय पुनर्स्थापना गर्न पहल गर्नुको साटो घाट बन्द गरेर दुख दिने कार्य भएको स्थानीय रमेश चन्दको आरोप छ।

परशुराम नगरपालिका–५, ६, ७ र ८ नम्बर वडाबाट नगरपालिकाको मुकाम लालढुङ्गा बजार आउनु भन्दा भारतीय बजार टनकपुर नजिक पर्छ।

गाउँवस्तीमा उत्पादित कृषि उपज, पशुजन्य वस्तु स्थानीयले भारतीय बजारमा बिक्री गरेर आवश्यक वस्तु खरिद गर्न सहज हुने गरेकोमा नाका बन्द हुँदा ओहोर दोहोरसंगै किनमेल ठप्प भएको स्थानीयको दुखेसो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203