२५ माघ २०८१, शुक्रबार

थलारा गाउँपालिकामा मानसिक समस्या सम्बन्धि शिविर सम्पन्न , १ सय २६ जनाले लिए सेवा
बझाङ – थलारा गाउँपालिकामा मानसिक समस्या भएका बिरामीहरूका लागि आयोजना गरिएको एकदिने निःशुल्क शिविर सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपाल , दलित सहयाेग समाज र थलारा गाउँपालिकाकाे समन्वयमा मानसिक समस्या तथा मनकाे समस्या भएका व्यक्तीहरुका लागि थलारा गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवन माध्यमिक विद्यालय मनान्धारमा आयोजना गरिएको शिविर आज सम्पन्न भएको हो ।
शिविरमा थलारा गाउँपालिका भरका १सय २६ जना मानसिक समस्या भएका बिरामीले सेवा लिएका दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बिकले बताउनुभएको छ ।
शिविरमा मनोचिकित्सकबिशेषज्ञ डाक्टर ईश्वरी खनाल र नवीन लेखकले बिरामीलाई सेवा दिएका हुन् ।
दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बिकको अध्यक्षतामा बसेको शिविरमा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको प्रमुख अतिथि रहनु भएको थियोे । शिविर सहजीकरण गर्नका लागि दलित सहयोग समाजका कर्मचारीहरुको उपस्थित रहेको थियोे
मानसिक समस्या भएका बिरामीहरूले आफ्नै गाउँघरमा नि:शुल्क स्वास्थ्य सेवा पाएपछि खुसी व्यक्त गरेका छन् । एकदिने शिविर भएकाले धेरै बिरामी छुटेका स्थानीयले बताएका छन् । उनीहरूले शिविर दुईचार दिन थप सञ्चालन गर्न सकेमा सबैले सेवा लिन पाउने बताएका छन् ।