डडेल्धुरामा भीरबाट लडेर एक महिलाको ज्यान गयो

सेयर गरौं

बझाङ – डडेल्धुरामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँकी २६ वर्षीया डम्बरीदेवी धामीको भीरबाट लडेर ज्यान गएको हो ।

मंगलबार बिहान घाँस काट्ने क्रम गड्बड्यानी भीरबाट लडेर धामीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले जानकारी दिनुभएको छ । उहाँका अनुसार धामी भीरबाट करिब एक सय मिटर तल खसेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
12
संवाददाता
संवाददाता
Articles: 1202