२८ आश्विन २०८१, सोमबार
रामप्रसाद पुरी १५ वटा मुक्तकहरू
✍️ रामप्रसाद पुरी,बादेल,खाेटाङ ।
मुक्तक
१)
उस्काे तिमीलाई पाउने प्रयास निरर्थक बन्यो ।
लेख्दा लेख्दै त्यही प्रेम कहानी ऊ त सर्जक बन्यो ।
हेर्ने सुन्नेलाई खासै के हुन्छ र उही मजाक,
पिडा उनीहरूकाे थियो अरूलाई राेचक बन्यो ।
२)
सुन्दर घरबार बसाउने सपना तिमीसँग ।
एकअर्काको विचार र मिल्ने भावना तिमीसँग ।
आखिर जसले भए नि विचरण गर्याे तिमीमा,
हेर्दा देखिने कठाेरता त्याग कामना तिमीसँग ।
३)
बिघ्न बाधा परे जिन्दगीको यात्रा रोकिन सक्छ।
समाल्न नसके भएको इज्जत पोखिन सक्छ ।
के भर पो छ र मान्छेको जीवन कहाँ के हुने,
जिन्दगी सस्तो चप्पलको फिता झैँ चुडिन सक्छ ।
४)
मायाकाे अङ्कित पलाएपछि भेट क्रमिक हुन्छ भन्छन्
उमेर समान र मन मिलेपछि नजिक हुन्छ भन्छन्
कहाँ देखौं भेटौं भइरहने आँखैमा राख्न मायालाई
अल्लारेमा लुकी छिपी लगाको माया अधिक हुन्छ भन्छन्।
५)
मैले ठाने त्यो बेलामा उमेरले अलि सानी रैछ ,
ठाउँ दोष्ने मान्छेको खराब बानी हो कि पानी रैछ,
बोल्दा ‘म त के नै हुँ’ जस्तो गर्यौ त्यो बेलामा तिमीले,
मुखले एक कामले अर्को गर्ने तिम्रो बानी रैछ ।
६)
मैले असल ठानेको त कस्तो फटाहा रहेछ,
जतासुकै पाइने खाल्को सस्तो फटाहा रहेछ,
खराब रहेछ नि जेसुकै बोली हिड्ने कुरौटे
मान्छेहरू भाँड्ने भँडुवा जस्तो फटाहा रहेछ ।
७)
सबैको आ-आफ्नै भाव, अर्थ,ठाम,दाम, बिचार र काम हुन्छ,
जान्ने त खुरापाती गर्छन् नि, धेरै ठाउँमा सोझा कै लाम हुन्छ,!!
जस्तो सोच्यो त्यस्तै अरुको नजरबाट,म आफैँ पनि जान्दिन,
उहिले दशरथको छोरा मात्रै, हाल अरुको नि राम हुन्छ ।!
८)
मिठा र चोटिला लेखी मुक्तकको नियम रेख्नुहोस् शुभकामना,
गहकिलो मुक्तक पस्केर आफ्नो भविष्य देख्नुहोस् शुभकामना,!!
मुक्तकप्रेमी अगुवा,फूलरुपी पछुवा, पाठक र श्रोतालाई,
नेपाली भाषामा सबैले नै राम्रो मुक्तक लेख्नुहोस् शुभकामना ।
९)
देशको राजनीतिको कमजोर हटाउनु छ,
सबै मिलेर भ्रष्टाचारको कोर हटाउनु छ,!!
आऊ उठ युवा अब आफ्नो देशको रोग फालौं
राजनैतिक दुर्गन्ध र फोहोर हटाउनु छ ।
१०)
केही नदेखिने गरी रात अन्धकार थियोे ।
बाेली मात्रै सुनिने छ बात अन्धकार थियोे ।।
कुराकानीकाे न कुनै टुंगो भए आखिरीमा,
खाली समातेको थियो हात अन्धकार थियो ।।
११)
ठण्डा बढेर तुषाराहरू जमी कति भयो ।
जोडजाम तातो मालमा अलि खति भयो ।
रुई फुई दुई अनि पुई हुनुपर्छ भन्छन्,
जोडौ तताउने चीज जो जाडो अति भयो।
१२)
आफै नपसी देखिदैन त दुलो कत्रो छ
नापेर मात्र थाहा पाइन्छ ठूलो कत्रो छ
कतिपय कुरा बोल्न पर्छ प्रमाणसँग
नउखेली जानिन्छ हजुर मुलो कत्रो छ।
१३)
खेदौँ कति सँधै न भेट्न सकिन्छ।
गल्ती भेटेर नि न रेट्न सकिन्छ ।।
खाँचो पनि छ यिन्काे न राम्रो गर्छन्।
संगत तिनको न मेट्न सकिन्छ।।
१४)
माैकामा मायाको गरिन्थ्यो हाम्रा जागृतिहरू।
दुनियाँले देखे लेखेका छन् हाम्रा कृतिहरू ।।
बन्धन कसिलो बान्दाबान्दै किन र कसरी ,
कुन दैवले छुटाई दियो हाम्रा प्रितिहरू ।।
१५)
केही नदेखिने गरी रात अन्धकार थियोे ।
बाेली मात्रै सुनिने छ बात अन्धकार थियोे ।।
कुराकानीकाे न कुनै टुंगो भए आखिरीमा,
खाली समातेको थियो हात अन्धकार थियो ।।
लेखक पुरी खाेटाङका हुन ।
उनी लामोसमयदेखि साहित्यमा कलम चलाउँदै आएका छन ।
यदि तपाइलाई पनि आफ्नो लेखहरू यसरी नै प्रकाशित गर्नु परेमा सम्झनु होला थलारा खबर डटकमलाई , हामी प्रकाशित गरिदिने छौ ।
इमेल
[email protected]