दार्चुलामा जबरजस्ती करणी अभियोगमा २७ वर्षीय एकजना पक्राउ

सेयर गरौं

धनगढीः दार्चुलामा जबरजस्ती करणी अभियोगमा संलग्न एक जना पक्राउ परेका छन्। जिल्लाको लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेम पार्की ४५ वर्षीया महिलालाई जबजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन्।

जिल्लाको झलाती घर भई हाल शैल्यशिखर नगरपालिका–९ पथ्थरयानीस्थित ससुराली घरमा बस्दै आएका पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। 

पार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो। ती महिला मानसिक सन्तुलन बिग्रिएकी भएको पाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1338