सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सिंहविरुद्ध अख्तियारमा उजुरी

सेयर गरौं

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । हाल सुदूरपश्चिम प्रदेशका प्रमुख रहेका डीआईजी सिंहविरुद्ध शैक्षिक योग्यताको विषयमा प्रश्न उठाएर उजुरी परेको हो ।

दर्ता नम्बर सी–०४१७१७ नम्बर रहेको उक्त उजुरीमा हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर समेत सच्याएको’ बताइएको छ । उनले डीआईजी हुन पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गरिएको हो ।

डिआईजी सिंहले नेपाली नागरिकताको प्रमाणपत्रमा उमेर घटाएको, वास्तविक थर लुकाएको र नक्कली शैक्षिक योग्ताको प्रमाण पत्र पेश गर्दै जागिर खाएको भन्दै बुधबार अख्तियारमा उजुरी परेको हो ।

सिंहले पढ्दै नपढी भारतको लखनउबाट नक्कली प्रमाणपत्र ल्याएको आरोप लगाइएको छ । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको पुष्टि गरे । दर्ता उजुरीउपर नियमानुसार अनुसन्धान अगाडि बढाउने बताएका छन् ।

Screenshot 20230215 155907
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1338