२८ आश्विन २०८१, सोमबार
बुङ्गलको खिरातडी स्वास्थ्य चौकीमा मानसिक समस्या सम्बन्धि शिविर सम्पन्न- ३ जनाको अवस्था गम्भीर
बझाङ – फागुन ३ !
बझाङको बुङ्गल नगरपालिकामा मानसिक समस्या सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुङ्गल नगरपालिका- ४ स्थित खिरातडी स्वास्थ्य चौकीमा एकदिने निःशुल्क मानसिक समस्या सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
युनाइटेड मिसन टु नेपाल , दलित सहयाेग समाज र बुङ्गल नगरपालिकाको समन्वयमा मानसिक समस्या तथा मनकाे समस्या भएका व्यक्तीहरुका उक्त एकदिने निःशुल्क शिविर बुधबार बसेको हो ।
शिविरमा बुङ्गल नगरगाउँपालिका भरिका ७२ जना महिला र ६७ जना पुरुष गरि १ सय ३९ जना मानसिक समस्या भएका बिरामीहरूले सेवा लिएका दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बिकले जानकारी दिनुभएको छ ।
अध्यक्ष विकका अनुसार सेवा लिएका मध्ये ३ जना बिरामीको अवस्था गम्भीर रहेको भेटिएको छ । केही समयपछि गम्भीर अवस्थामा भेटिएका मानसिक बिरामीको मानसिक अस्पताल काठमाडौं रेफर गर्नुपर्ने देखिएको र उक्त ३ जना मानसिक बिरामीको उपचारका लागि युनाइटेड मिसन टु नेपाल र दलित सहयोग समाजले सहयोग गर्ने अध्यक्ष विकले बताउनुभएको छ ।
दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकको अध्यक्षतामा बसेको शिविरमा बुङ्गल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश कार्की प्रमुख अतिथि रहनुभएको थियोे, भने स्वास्थ्यकर्मी जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरू अतिथि रहनु भएको थियोे ।
शिविरमा मनोचिकित्सकबिशेषज्ञ डाक्टर ईश्वरी खनाल र नवीन लेखकले बिरामीलाई सेवा दिएका हुन् ।
गाउँघरमै शिविरमा मार्फत निःशुल्क स्वास्थ्य सेवा लिन पाएपछि नागरिकहरूले हर्षित हुँदै शिविर सञ्चालन गरेको भन्दै यु. एम. एन.र दलित सहयोग समाजलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।