अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर गरौं

बझाङ – अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कमलबजार नगरपालिका–७ सेरा फल्टाने नजिकै ट्याक्टर दुर्घटना भएर सोही ठाउँका भक्तबहादुर विष्टको मृत्यु भएको हो।

कमलबजारबाट नम्बर नखुलेको ट्याक्टर खाद्यान्न सामाग्री लिएर सेरा फल्टानेतर्फ जादै गर्दा मोलगोडी नजिक दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा अर्का एक जना गम्भीर घाईते भएका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1356