बैतडीमा करारका कर्मचारी भर्ना गर्दा हाकिमको भागाभाग

सेयर गरौं

बैतडीमा करारका कर्मचारी भर्ना गर्दा हाकिमको भागाभाग परको छ । जिल्लाको पुरचौडी नगरपालिकाले नगरपालिकाका मेयर र उप मेयरले भर्ना छनौट आफू अनुकुल गर्न धम्की दिएपछि प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपाली रातारात भागेर सीडियो कार्यालय पुग्नु भएको हो ।
प्रमुख जिल्ला अधिकारीलाई भेटेर उहाँले मेयर र उपमेयरले आफ्ना मानिष लगाएर हातपात गर्न खोजेको गुनासो राख्नु भएको छ । पुरचौडीका हाकिम गुनासो लिएर कार्यालयमा आएको प्रमखु जिल्ला अधिकारी सुरेश पन्थीले       बताउनुभयो । 
स्थानीय तहको दोश्रो निर्वाचनपछि पुर्चौडी नगरपालिकाको मेयरमा निर्वाचित भएका दिपकबहादुर वमले पदभार ग्रहण गर्दा अघिल्लो सरकारले भर्ना गरेका करारका कर्मचारीको म्याद नथप्ने निर्णय गर्नु भएको थियो । श्रेणीविहीन कर्मचारीको भर्ना नगर्ने निर्णय गर्नुभएका मेयर वमले भदौ १९ गते पुनः श्रेणीविहीन कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गर्न लगाउनुभयो । 

विभिन्न अनलाइन माध्यमबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242