सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन

सेयर गरौं

काठमाडौं : ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको निधन भएको छ।

उनको आज विहान १० बजेर ५७ मिनेट जाँदा उपचारका क्रममा निधन भएको कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर निजिना ताम्राकारले थाहाखबरलाई जानकारी दिइन्। 

हिजो राति ग्यास सिलिन्डर लिक भएर चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। घाइते भएका सांसद भण्डारी र उनकी आमालाई बानेश्वरस्थित सिभिल हस्पिटल हुँदै कीर्तिपुर अस्पताल लगिएको थियो।

कीर्तिपुर अस्पतालले सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ। उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।

भण्डारीको अवस्था बुझ्न कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री पदम गिरी लगायत अस्पताल पुगेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1356