थलारा गाउँपालिकाले राख्यो पालिका भित्रका शाखा सडकमा सडक सरसफाई अभियान्ता

सेयर गरौं

बझाङ – थलारा गाउँपालिकाले पालिका भित्रका शाखा सडकलाई सरसफाई गर्न सडक सरसफाई अभियान्ता राखेको छ । सडकमा जथाभावि बग्ने पानीलाई कुलेसो बनाई निकास गर्न सडकमा छरिएका ढुंगाहरु पन्छाउन सडकमा परेका खाल्डा खुल्डी पुर्न र सडकमा उम्रिएका झारपात काट्न सडक सरसफाई अभियान्ता राखेको हो ।

कच्ची सडकहरु सफा भएपछि अहिले झनाना देखि खोली बजार सम्म अटो समेत चल्न थालेका छन । झनाना देखि खोली सम्म अटो चल्न थालेपछि आवत जावतमा समेत सहज भएको स्थानीहरुको भनाई रहेको छ ।

पहिले सडक सफा नहुदा जीबहरुको पर्खाईमा कुर्नु पर्दथ्यो गाउँपालिकाले सडक सरसफाई अभियान्ता राखेपछि  खोलि सम्म अटो चल्न थालेकाछन् । हतार भयो भने अटो लिएर जान सकिन्छ गाउँपालिकाले सडक सरसफाई अभियान्ता राखेर राम्रो गरेको छ भन्नु हुन्छ थलारा गाउँपालिका वडा नम्वर ५ दुवालीका पदम राज जोशी । उनका अनुसार अहिले मुख्य शाखा सडकमा जथाभावी ढुंगाहरु छैनन । जथाभावी पानी बगेर हुने हिलो र खल्डा खुल्डी छैनन भने सडक छेउछाउका झारपात पनि काटिएकाछन् ।

त्यस्तै पहिले सडकमा खाल्डा खुल्डी हुन्थे पानी पनि जथाभावि वगिरहनाले हिलो हुने गर्दथ्यो जताततै ढुंगाहुदा गाडी गुडाउन असहज हुन्थ्यो अहिले वाटो राम्रो छ । गाडी गुडाउन एकदमै सहज छ । गाउँपालिकाले सडक सरसफाई अभियान्ता राखेर ठीक गर्यो । यसलाई निरन्तरता दिनु पर्छ थलारा गाउँपालिका वडा नम्वर ६ निवासी तथा जिव चालक एवं ब्यवसायि मदन राज पाण्डेको भनाई छ ।

सडकले विकासकालागि महत्वपुर्ण भूमिका खेल्छ । गाउँपालिका भित्रका सडकहरु अब्यवस्थित देखिए । अहिले नै सडक पिच हुने अवस्था छैन । एउटै जेसिविले सवै सडक ब्यवस्थित गर्न कठिन र खर्चिलो पनि हुन थाल्यो । धेरै युवा बेरोजगारछन् केहि रोजगारी पनि श्रृजना हुने पालिका भित्रका मुख्य शाखा सडक पनि सफाहुने सोचकासाथ सडक सरसफाई अभियान्ता राख्ने निर्णय गरिएको हो । आवश्यकता अनुसार वडामा सडक सरसफाई अभियान्ता राख्ने निर्देशन दिइएको थलारा गाउँपालिका अध्यक्ष प्रकास रोकायाले बताउनु भयो ।

वडा वडामा सरसफाई अभियान्ता भएपछि सडक निरन्तर मर्मत सम्भार भै रहन्छ । सडकलाई विगार्ने भनेकै पानीले हो । सरसफाई अभियान्ताले पानीलाई कुलेसो खनेर ब्यवस्थित गरेपछि सडक भत्कने कुरै भएन । सानो सानो कामको लागि जेसिवि पनि चलाउनु परेन जेसिविमा तेलहाल्ने पैसा पनि बचत हुने धारणा उपाध्यक्ष राम बहादुर खातिको छ ।

थलारा गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत बेरोजगारहरु  मध्यवाट सडक सरसफाई अभियान्ता राखेको हो । उनिहरुले सय दिनको रोजगारी पाउने र दैनिक ६ सय ८० का दरले ज्याला पाउने थलारा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितले जानकारी दिनु भयो । 

गाउँपालिकाले सडक सरसफाई अभियान्ताहरुलाई काम गर्न सब्बल वेल्चा गैति र हाते गाडा दिएको छ । गाउँपालिकाले एक सय दिनको रोजगारीकासाथै लगाउने हेल्मेट बुट जाकेट र पन्जा पनि दिएको छ यस्तो रोजगार सधै पाएमा विदेश जान नपर्ने थलारा गाउँपालिका वडा नम्वर ५ का सडक सरसफाई अभियान्ता राम सबखोलीको भनाई रहेको छ ।

हाल थलारा गाउँपालिका भित्र १ सय ३६ किलोमिटर कच्चि सडक बनेको छ । सडकले प्राय सवै बस्तिहरुलाई जोडेको छ । झनाना पातिहाल्ना झनाना महेन्द्रधार झनाना घोडादाउना झनाना जडार सिमार महेन्द्रधार सिमार मोतिपुर झनाना छडिभेल झरना जोड्ने सडक र माडौकाट्ने जडार जोड्ने सडक थलारा गाउँपालिकाका मुख्य शाखा सडक हुन ।झनाना देखि जडार सम्मको १२ किलोमिटर सडकलाई हाल ग्राविलिङ गर्ने कार्य भै रहेको छ भने झनाना पातिहाल्ला र झनाना उखाडी सम्मको सडकमा सडक सरसफाई अभियान्ताहरु परिचालन गरिएकाछन ।

तस्बिरहरू

IMG 20230217 WA0007
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
1
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212