सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्न फाइल राष्ट्रपति कार्यालयमा

सेयर गरौं

काठमाडौंः सरकारले हिरासतमा रहेका प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरीको फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ ।

महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले चौधरीको कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषदमा पठाएको थियो । मन्त्रिपरिषदले फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरिसकेको हो ।कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुन्छ ।

राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ । सांसद चौधरी कैदमुक्त हुनासाथ सांसदको जिम्मेवारी बहन गर्न पाउछन् ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएको हो । 

कैलाली–२ बाट निर्वाचित सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजायको फैसला भएको थियो । उहाँ गत माघ १९ गते बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए ।

विभिन्न अनलाइन माध्यमबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314