२७ आश्विन २०८१, आईतवार
नेकपा बझाङद्वारा बैंक तथा लघुबित्त सहकारी संस्थाको चर्को ब्याजदर बिरुद्ध प्रदर्शन
बझाङको सदरमुकाम चैनपुरमा नेकपा विप्लवले चर्को ब्याजविरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रबार बैंक तथा लघुबित्त, सहकारी संस्थाको चर्को ब्याज दर विरुद्ध नेकपा बझाङले प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले बझाङको सदरमुकाम चैनपुरमा रहेको ग्रामीण विकास लधुवित्त र मिर्मिरे लघुवित्तले चर्को ब्याज असुल गरेको भन्दै साइनबोर्डहरु समेत जलाएका छन् ।
बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बझाङले सदरमुकाम चैनपुर बजारमा नारावाजी सहित प्रदर्शन गरेका थिए । बैंक तथा लघुबित्त, सहकारी संस्थाको चर्को ब्याज दर विरुद्ध नाराबाजी सहित बजार परिक्रमा गरेर कोणसभा गरिएको थियो ।
जनतालाई ठग्ने ग्रामीण, मिरमिरे लघुबित्त, सहकारी संस्था लिमिटेडको कार्यालयको साइनबोर्ड तोडफोड गर्नुका साथै जलाएका छन् भने मिरमिरे लघुबित्त सहकारीको केहि कागजात नियन्त्रणमा लिएको छ ।
नेकपा बझाङ जिल्ला ईन्चार्ज भरत सी र सेक्रेटरी प्रबिन सीले कोणसभा लाई सम्बोधन गर्दै ठग बैंक तथा लघुबित्त सहकारी संस्था लाई तत्काल पिडित जनताको पैसा फिर्ता गर्न कडा चेतावनी दिएका छन । अन्यथा पार्टी सशक्त संर्घष गर्न बाध्य हुने विप्लव नेतृत्व बझाङले जनाएको छ ।