२८ आश्विन २०८१, सोमबार
बझाङको देउरामा छैटौ बेताल त्रिवेणी धाम सांस्कृतिक महोत्सव २०७९ आजदेदि सुरु हुँदै
बझाङ- फागुन ६
बझाङको केदारस्युँ गाउँपालिका- १ देउरामा महाशिवरात्रीको अवसर पारि आयोजना गरिएको छैटौ बेताल त्रिवेणी धाम सांस्कृतिक महोत्सव २०७९ आजदेदि सुरु हुनेभएको छ ।
भाषा कला संस्कृती हाम्रो पहिचान, बझाङको केदास्यूँ हाम्रो शान” भन्ने मुल नाराका साथ नव प्रतिभा सामाजिक विकास तथा सांस्कृतिक युवा क्लवको आयोजनामा र केदास्यूँ गाउँपालिकाको सहयोगमा हुन लागेको महोत्सव आज शनिबारदेखि सुरु हुने भएको हो ।
स्थानीय कला, संस्कृतिका साथै आफ्नै ,भाषा र भेषभुषाको पहिचानका लागि महोत्सव आयोजना गरेको नव प्रतिभा सामाजिक विकास तथा सांस्कृतिक युवा क्लवका अध्यक्ष सुनिल नेपालीले बताउनुभएको छ ।
महोत्सवमा सुदूरपश्चिमका लोकप्रीय गायक चक्र बम, पूजा देवकोटा, वरिष्ठ डेउडा गायक नरेन्द्र राज रेग्मी, वरिष्ठ देउडा गायक गायक महेश कुमार औजी, सुरेश चौखाल, शेर वष्ट, टंक तिमिल्सेना, उमाशंकर जोशी, धन भण्डारी, सुनिल नेपाली, गौरी भट्ट, कटक नेपाली, भिम वष्ट, जेआर भट्ट, जनक नेपाली, हास्य कलाकार निश्चल नरेश बोगटी ( हजारी ), मोडल मनिसा सिंह, मनिश क्षेत्री, कल्पना गुरुङ, लगायत स्थानीय कलाकारको उपस्थिति रहने आयोजकले जनाएको छ ।
त्यस्तै महोत्सव कार्यक्रम सञ्चालन चर्चित उद्धोषिका सविता खड्का र लोकप्रीय सञ्चारकर्मी कर्ण धामीले गर्नेछन् ।
महोत्सव फागुन १० गतेसम्म चल्ने छ ।