जनताको अवस्था बदल्न दृढ प्रतिबद्ध छु : प्रधानमन्त्री प्रचण्ड

सेयर गरौं

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ७३ औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना दिनुभएको छ । आज ऐतिहासिक दिन भएको बताउँदै उहाँले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्नुहुँदै शुभकामना दिनुभएको हो।

सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभएको छ ।

नेपालले पाएको उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२।०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201