बुङ्गल नगरपालिकामा सामुदायिक वन ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

सेयर गरौं

बझाङ – बझाङको बुङ्गल नगरपालिकामा प्राकृतिक स्रोत संरक्षण समितिका पदाधिकारीहरूलाई ४ दिने सामुदायिक वन ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

युनाइटेड मिसन टु नेपाल र दलित सहयोग समाज चैनपुर बझाङद्वारा सञ्चालित वातावरणीय दिगोपनाका लागि जलवायु प्रभाव न्युनिकरण तथा अनुकूल परियोजनाको आयोजनामा सामुदायिक वन ब्यवस्थापन सम्बन्धि तालिम कन्या माध्यमिक विद्यालय बटुलसेरा झापामा सम्पन्न भएको हो ।
वातावरणीय दिगोपनाका लागि जलवायु प्रभाव न्युनिकरण तथा अनुकूल परियोजनाले गठन गरेका प्राकृतिक स्रोत संरक्षण समितिका पदाधिकारीहरूलाई वन व्यवस्थापन तथा सम्बर्द्धन कसरी गर्ने वन डडेलोले जलवायु परिवर्तनमा पारेको असरहरू वन व्यवस्थापन बाट जलवायु न्युनिकरणका साथै अनुकूल कसरी गर्ने भन्ने विषयमा जानकारी गराउनका लागि तालिमको आयोजना गरिएको परियोजनाका संयोजक मीनबहादुर परियारले बताउनुभएको छ ।

तालिममा सहभागीहरूलाई सामुदायिक वनमा लिएर ब्यवहारीक अभ्यास गराइएको थियोे ।
साथै वनको महत्त्व , वन र जंगल विच अन्तर जलवायु परिवर्तनको सामना र न्युनिकरण गर्ने लगायतका बारेमा सहभागीलाई जानकारी गराइएको छ ।

दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकको अध्यक्षतामा भएको तालिममा वन तथा जलवायु परिवर्तन विज्ञ तथा तालिमका प्रशिक्षक कृष्णप्रसाद यादव प्रमुख अतिथि रहनु भएको थियोे । त्यस्तै अतिथिमा परियोजना संयोजक मीनबहादुर परियार रहनु भएको थियोे । तालिम सञ्चालन परियोजनाका कृषि जे.टि.ए लोकेन्द्रबहादुर रोकायाले गर्नुभएको थियोे ।

समापन कार्यक्रममा सहभागीहरूले वन जंगल के हो लगायतका विषयमा समेत जानकारी नभएको र तालिमबाट वन व्यवस्थापन तथा सम्बर्द्धन कसरी गर्ने वन डडेलोले जलवायु परिवर्तनमा पारेको असरहरू र वन व्यवस्थापन बाट जलवायु न्युनिकरणका साथै अनुकूल कसरी गर्ने बारेमा जानकारी लिन बुझ्न पाएको बताउनुभएको थियोे , उहाँहरूले तालिम प्रभावकारी भएको बताउँदै आफूले सिकेका कुराहरू लागू गर्ने प्रतिबद्धता गर्नुका साथै तालिम दिने संस्था र प्रशिक्षकलाई धन्यवाद व्यक्त समेत गर्नु भएको थियोे ।

समापन क्रममा बोल्नु हुँदै प्रशिक्षकले आफूले सिकेका कुराहरू ब्यवहारमा लागू गर्न अनुरोध गर्नु भएको थियोे ।

समापन तालिममा बोल्नु हुँदै तालिमका तथा दलित सहयोग समाजका अध्यक्ष विकले मानवको जीवन सँग प्रत्येक्ष वनजंगल जोडिएकोले संरक्षण तथा व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । मानवले अक्सिजन खाना पकाउ प्रयोग हुने दाउरा , बस्नलाई निर्माण हुने आवासका लागि पनि वनजंगलबाटै आवश्यक पर्ने काठहरू ल्याउनुपर्ने भएकाले वनजंगल संरक्षण तथा व्यवस्थापनाा जोड दिन भनेको उहाँले बताउनुभयो ।

Picsart 23 02 20 19 44 03 806 1
सहभागीहरू
IMG 20230220 165318 826 1
तालिम समापन
IMG 20230220 164814 895
प्रमाणपत्र वितरण गर्नु हुँदै अध्यक्ष विक
IMG 20230220 164251 800
परियोजना संयोजक परियार प्रमाणपत्र वितरण गर्नु हुँदै
IMG 20230220 145846 625
प्रशिक्षक यादव प्रशिक्षण गर्नुहुँदै
IMG 20230220 145852 006
सहभागीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
1
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212