बुङ्गलको जनजागृती प्राथमिक विद्यालयमा अध्यनरत बौद्धिक अपांगता भएका ३ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण

सेयर गरौं

बझाङको बुङ्गल नगरपालिका – ४ भौडारमा रहेको जनजागृती प्राथमिक विद्यालयमा अध्यनरत बौद्धिक अपांगता भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग र दलित सहयोग समाजद्वारा सञ्चालित मानसिक स्वास्थ्य परियोजनाको आयोजनामा उक्त शैक्षिक सामाग्री सोमबार वितरण गरिएको हो ।

जनजागृती प्राथमिक विद्यालयमा अध्यनरत बौद्धिक अपांग लोकेन्द्र सिंह , अमृता कुमारी कामी , र वीरेन्द्र धामीगरि ३ जनालाई झोला,कापीकलम , औजारबक्स लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ ।

बौद्धिक अपांग विद्यार्थीको शैक्षिक स्तर वृद्धि तथा उनीहरूलाई हौसला प्रदान गर्नका लागि शैक्षिक सामाग्री वितरण गरिएको परियोजनाका मनोसामाजिक कार्यकर्ता राज पुजाराले बताउनुभएको छ ।
उक्त शैक्षिक सामाग्री पाएपछि विद्यार्थी खुसी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72