बुङ्गल नगरपालिकामा जलवायु प्रभाव न्युनिकरण तथा अनुकूल परियोजना अन्तर्गतका आयोजनाको संस्थाका अध्यक्ष विकद्वारा अनुगमन

सेयर गरौं

बझाङ – युनाइटेड मिसन टु नेपाल र दलित सहयोग समाज चैनपुर बझाङको साझेदारीमा सञ्चालित दिगोपनाका लागि जलवायु प्रभाव न्युनिकरण तथा अनुकूल परियोजना अन्तर्गतका आयोजनाको अनुगमन गरिएको छ ।

बझाङको बुङ्गल नगरपालिका- ६ स्थित डिन्नु गाउँमानिर्माण गरिएको गौडखोला मुहान संरक्षण आयोजना र गठिउरी खोला लाग्ने सिचाइ कुलो निर्माण कार्यको अनुगमन गरिएको हो।

सोमबार बिहान दलित सहयोग समाजका अध्यक्ष मोहनलालको नेतृत्वमा गएको टोलीले गौडखोला मुहान संरक्षण आयोजनाको पानी ट्रयाङ्की र गठिउरी खोला लाग्ने सिचाइ कुलो निर्माण कार्यको अनुगमन गर्नुभएको छ।
गौडखोला मुहान संरक्षण आयोजनाको पानी ट्रयाङ्की काम अन्तिम चरणमा पुगेको छ।

सानीगाड हाइड्रो योजनाले सुरुङ खोद्ने काम थालेपछि लामोसमय देखि पानीको अभावमा रहेका डिन्नु टोलबासीहरूका लागि गौडखोला मुहान संरक्षण आयोजनाको पानी ट्रयाङ्की निर्माण गरिएको हो ।

लामोसमय देखि पानी नहुँदा दु:ख गरेर पानीको जोहो गरिरहेका डिन्नुबासी अहिले पानीको ट्याङ्की बनेपछि स्थानीय खुसी भएका छन् ।
गौडेखोलामा गाइबस्तुुका लागि मात्रै प्रयोगमा हुँदै आएको पानी अब मान्छेले पनि उपभोग गर्न पाउने भयौ,´´ लामोसमयदेखि दु:ख गरि पानीको जोहो गर्नुपर्ने थियो,´´“अब खेर गएको सानो पानी पनि ट्याङ्कीमा जम्मा भएर सबैलाई प्रयाप्त मात्रा नभएपनि केही सहजता हुने डिन्नु प्राकृतिक स्रोत संरक्षण समितिका अध्यक्ष देवबहादुर ऐडीले बताउनुभयो । गौडेखोला मुहानमा उक्त परियोजनाले ६ घनमिटरको ट्याङ्की निर्माण गरिएको भन्दै स्थानीयबासी खुसी हुनुका साथै संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियोे । उक्त आयोजनाबाट डिन्नुका १सय ५० घरपरिवार मध्ये ६० घरपरिवार लाभान्वित हुने भएका छन् । उक्त ट्याङ्कीको लागत साढे ३ लाख रहेको छ । केही दिनमै ट्याङ्कीमा पानी हालेर सुरु गरिने पनि स्थानीयले बताए ।
सोमबारदेखि नै गठिउरी खोला लाग्ने सिचाइ कुलो निर्माण कार्य सुरु गरिएको छ । डिन्नु गाउँका स्थानीयको खेतीपाती गर्ने खेतीयोग्य जमिनमा सिचाइका लागि उक्त कुलो निर्माणको काम सुरु गरिएको हो ।
उक्त ठाउँमा आरसिसि कुलो निर्माण हुनेभएको बताइएको छ ।

निर्माण गरिएको आयोजना प्रति स्थानीय खुसी भएनभएको बुझ्न , अपनत्वको भावना ,दिगो गुणस्तरीय छ कि छैन , आवश्यकता अनुसारको होकि होइन लगायतका विषयमा जानकारी लिनुका साथै आगामी कार्यहरूको सुझाव सल्लाह र राम्रो कार्यको प्रोत्साहन दिनका लागि अनुगमन गरिएको अध्यक्ष विकले बताउनुभएको छ ।

त्यस्तै बुङ्गल नगरपालिका -४ डिलखोचामा निर्माण गरिएको सामुदायिक भवनको पनि अनुगमन गरिएको छ ।

Picsart 23 02 21 08 52 27 305
IMG 20230220 094924 144
IMG 20230220 094605 052
IMG 20230220 112819 222
IMG 20230220 112409 571
IMG 20230220 113158 134
20230220 113214 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72