३ फाल्गुन २०८१, शनिबार

जबरजस्ती करणीको आरोप लागेपछि दार्चुलाका एक वडा अध्यक्ष फरार
जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलाका एकजना वडा अध्यक्ष फरार भएका छन ।
जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन ।
फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राती घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन ।
सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका हुन । फरार धामीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
2
+1
1
+1
+1