सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी सिंहले दिए राजीनामा

सेयर गरौं

प्रहरी नायब महानिरीक्षक डीआईजी अशोक सिंहले राजीनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले आफ्नो नागरिकताअनुसार यसअघि नै अवकाश पाइसक्नुपर्ने विवरण लोकान्तरले सार्वजनिक गरेपछि बुधवार प्रहरी महानिरीक्षक आईजीपी धीरजप्रताप सिंहसमक्ष राजीनामा बुझाएका हुन् ।

डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।

उनले गएको जेठ २२ गते वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी पदबाटै अनिवार्य अवकाश पाउनुपर्ने थियो । तर, उनले आफ्नो जन्म मिति ढाँटेर सेवामा बहाल रहेको र बढुवा समेत लिएको पुष्टि भएको थियो ।

नागरिकताको प्रमाणपत्रमा उनी २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको उल्लेख छ । उक्त समयमा १८ वर्ष पूरा हुन कम्तीमा पनि २०२४ साल जेठ २२ गते जन्मिएको हुनुपर्छ । यस हिसाबले हेर्दा २०७९ जेठ २२ गते उनी ५५ वर्षको पुग्ने देखिन्छ ।
लोकान्तरबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311