छबिसपाथिभेरा गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जना घाइते , घाइतेमध्ये एकको अवस्था गम्भीर

सेयर गरौं

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ पिपलतोलामा पालिकाबाट भाँडे आउने आउने क्रममा आज दिउँसो ४ बजेको समयमा से १ ज ११२० नम्बरको जिप दुर्घाटना हुँदा ४ जना घाईते भएका हुन् ।

घाईते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परि गम्भीर घाइते हुनेमा सुर्मा गाउँपालिका- ५ की ६० बर्षीया फुलु बोहरा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो । उनलाई थप उपचारका लागी धनगढी रेफर गरिएको छ । ३ जना सामान्य घाईते भएका छन् । सामान्य घाइते हुनेमा सुर्मा गाउँपालिका -५ कै २३ वर्षीय मधुराम जेठारा सोही ठाउँका ५० वर्षीय देबु बोहरा र छबिसपाथिभेरा गाउँपालिका-३ कि २० वर्षीया गंगा भट्ट रहेका छन् उनीहरूको अहिले जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप चालक छविसपाथिभेरा गाउँपालिका–५ का शिवराज बोहरालाई प्रहरी नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । ब्रेक नलागेर जिप सडकको भित्तामा ठोक्किएको चालक बोहराको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212