१७ कार्तिक २०८१, शनिबार
मजखोरी माध्यमिक विद्यालयमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
बझाङ – छबिसपाथिभेरा गाउँपालिका- ७ स्थित मजखोरी माध्यमिक विद्यालयमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
छबिसपाथिभेरा गाउँपालिका आयुर्वेद शाखाको आयोजना उक्त विद्यालयमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यार्थीहरूलाई आयुर्वेद भनेको के हो आयुर्वेदको उदेश्य , आयुर्वेद भित्र केके पर्छ लगायतका विषयमा जानकारी गराउनका लागि कार्यक्रम आयोजना गरिएको छबिसपाथिभेरा गाउँपालिका आयुर्वेद शाखाका प्रमुख संजय कुमार यादवले बताउनुभएको छ ।
स्वस्थकर जीवन शैली आहार बिहार र आफ्नै घरवरिपरि पाइने जडिबुटीहरूलाई प्राथमिक उपचारका रुपमा कसरी प्रयोग गर्न सकिन्छ र योग फाइदा तथा योग भनेको के हो योगभित्र केके पर्छन् योगको माध्यमबाट मानवले शारीरिक रोगहरुका साथै मानसिक रुपमा कसरी स्वस्थ हुनसक्छन् भन्ने बारेमा अडियोभिजेलको माध्यमबाट विद्यार्थीलाई प्रशिक्षण गराइएको थियोे ।
विद्यार्थीको माध्यमबाट समुदायमा पनि आयुर्वेद तथा योग शिक्षाबारेमा जानकारी हुने विश्वास लिइएको छ ।
कार्यक्रम वडाध्यक्ष विजय बहादुर धामीको अध्यक्षतामा भएको थियोे । कार्यक्रममा उक्त विद्यालयका कक्षा ७ देखि १० सम्मका १ सय १२ जनाको सहभागीता रहेको थियोे ।
कार्यक्रम प्रशिक्षण आयुर्वेद कार्यालय प्रमुख याद र वैद्य निरीक्षक यग्यराज खयरले गर्नुभएको हो।
कार्यक्रमका फोटोहरू