गोकुले मेला हेर्न गएका एकजनाको चौलानी नदिमा बगेर मृत्यु

सेयर गरौं

दार्चुलाको गोकुलेश्वरमा जारी ‘गोकुले’मेला हेर्न गएका एकजनाको मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका- ५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथको बुधबार दिउँसो चौलानी नदीमा बगेर मृत्यु भएको हो ।

दार्चुलाको गोकुलेश्वरमा जारी ‘गोकुले’मेला हेर्न आएका नाथ चौलानी नदीमा बगेका र उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
उहाँको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1357