सुदूरपश्चिमका प्रहरी जवान बिक गोली लागेको अवस्थामा मृत भेटिए

सेयर गरौं

बझाङ – सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको छ । उनका अनुसार घटना आज बिहान २ः५६ बजे तिरको हो । त्यतिबेला विक ड्युटीमै थिए ।

अहिले शव शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान गरिरहेको इन्सपेक्टर सोनारले जानकारी दिइन् । मृतक जवान बिक दार्चुलाका स्थायी बासिन्दा भएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1263