थलारा गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

सेयर गरौं

बझाङ – बझाङको थलारा गाउँपालिकामा पालिका स्तरीय स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थलारा गाउँपालिका शिक्षा शाखाको आयोजनामा पालिकाको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमबाट स्थानीय पाठ्यक्रम निर्माणका लागि मानबहादुर चौहानको संयोजकत्वमा १६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

उक्त गठित कार्यदलले स्थानीय पाठ्यक्रम निर्माणका लागि कार्ययोजना पारित गरेको कार्यदलका सदस्य शिक्षक नरबहादुर भण्डारीले बताउनुभयो । त्यस्तै स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले मस्यौदा लेखन कार्य चैत २० गतेसम्म अन्तिम रुपदिने निर्णय गरेको छ । कार्यदलले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार पार्नेछ ।
थलारा गाउँपालिकामा नयाँ शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी थालिएको छ ।
कार्यक्रम थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष लोकेन्द्र बिष्टको अध्यक्षतामा र शिक्षा शाखा सह:संयोजक राइभान ओलीको सञ्चालनमा भएको थियोे ।

IMG 20230223 141446 346
IMG 20230223 162014 228
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72