१९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोटमा नेपालले सिङ्गापुरलाई ९६ रनले हरायो

सेयर गरौं

काठमाण्डाै – यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ९६ रनले पराजित गरेको छ । सिङ्गापुरलाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।

नेपालले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको सिङ्गापुर ५० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनमा समेटियो । त्यसअघि इडन ग्राडेन ओभल अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको हो । नेपालका लागि आकाश त्रिपाठीले ७८ रन र विशाल विक्रम केसीले ५४ रन बनाए ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । दोस्रो खेलमा भोलि कुवेतसँग खेल्ने नेपालले सोमवार हङकङसँग तेस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल मङ्गलवार र बिहीवार घरेलु टोलीसँग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311