बाजुराको बुढीगंगा नगरपालिका -१० मा विवाह गर्दा वडाको स्विकृति अनिवार्य ,स्विकृती नलिएमा सेवा सुविधाबाट बन्चित गरिने

सेयर गरौं

बाजुराको बुढीगंगा नगरपालिका -१० ले विवाह गर्दा वडाको स्विकृति अनिवार्य गरेको छ । वडामा हुने बालविवाहका घटनाहरूलाई न्युनिकरण गर्नका लागि वडा कार्यालयले  वडाभित्रका कुनैपनि केटाकेटीले विवाह गर्नुपुर्व वडा कार्यालयमा जन्मदर्ता पेश गरी स्विकृतीपछि मात्रै विवाह गर्न अनिवार्य गरेको वडा अध्यक्ष दल बहादुर साउँदले बताउनुभएको छ ।


बालिववाह न्युनिकरणकै लागि विवाहको निमन्त्रणा कार्डमा जन्ममिति खुलाउन पनि वडा कार्यालयले अनिवार्य गरेको अध्यक्ष साउँदको भनाइ छ । विवाहको निमन्त्रणा कार्डमा जन्म मिति खुलाएपछि केटा र केटीको उमेर पनि सबैलाई जानकारी हुने र बालविवाहका घटना न्युनिकरण गर्न सहज हुने भएकाले वडा कार्यालयले सो कुरा अनिवार्य गरेको वडा कार्यालयद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।
साथै वडा कार्यालयले विवाहका लागि वडा कार्यालयबाट स्विकृती नलिई विवाह गरेको पाइएमा वडा कार्यालयबाट प्राप्त हुने जुनसुकै सेवा सुविधाबाट बन्चित गराइने पनि वडाध्यक्ष दलबहादुर साँउदद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ ।

Screenshot 20230226 071321
वडा कार्यालयद्वारा जारी सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1321