बझाङको छबिसपाथिभेरा गाउँपालिका ६ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

सेयर गरौं

बझाङ – बझाङमा जलचर प्राणी माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय किसन पुजाराको जलचर प्राणी माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
साथीहरू सँग आइतबार आज खाना खाएर दिउँसो ११/१२ बजेको समयमा घरनजिकै रहेको खोरीगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा पुजाराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश अवस्तीले जानकारी दिनुभएको छ ।

माछा मार्नका लागि घरबाट तारमार्फ करेन्ट लगेर पानीमा छोडेको र सोही छोडेको तारबाट करेन्ट लाग्दा पुजाराको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले पुजाराको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
8
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212