बैतडीमा अपांग महिलामाथि बलात्कार, एकजना पक्राउ

सेयर गरौं

बैतडीमा अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको मेलौली नगरपालिका –७ का ५६ बर्षीय तारादत्त भट्ट २४ बर्षीया अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । 

‘क’वर्गको अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपसहित प्रहरीमा जाहेरी आएपछि आरोपित भट्टलाई पक्राउ गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभएको छ । पीडित महिलाका आफन्तले आइतबार जाहेरी दिएको र आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताउनुभएको छ । 

पीडित अपांगता भएकी महिलालाई ती पुरुषले पहिलापनि बलात्कार गरेको भिडियो समेत सार्वजनिक गरिएको छ । पीडितका आफन्तहरुले महिलामाथि पटक–पटक बलात्कार भएको बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1201