बझाङमा नेपाल टेलिकमको टावरमा चट्याङ परेकापछि सञ्चार सेवा ठप्प

सेयर गरौं

बझाङमा नेपाल टेलिकमका सबै सेवा ठप्प भएका छन्। नेपाल टेलिकमको टावरमा समस्या हुदाँ बझाङको दुर्गम साइपाल गाउँपालिका फोन र इन्टरनेट सम्पर्कबाट बञ्चित बनेको छ ।

मष्टा गाउँपालिकास्थित भेकुन्डे टावरमा शनिबार वेलुका चट्याङ परेकाले साइपाल गाउँपालिका २ नाङ्नामा रहेको नेपाल टेलिकमको टावरमा पनि समस्या देखिएको हो । नेटवर्कले काम नगर्दा साइपाल गाउँपालिकाको वडा नं १ देखि ५ सम्मका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित भएका छन् । साइपालमा विभिन्न प्राविधिक समस्या र आवश्यक विद्युत नहुँदा बेला बेला समस्या हुँदै आएको छ ।

२०७६ सालमा सञ्चालनमा रहेको उक्त टावरले शनिबारबाट काम गर्न छोडेपछि टेलिफोन तथा इन्टरनेट सेवामा समस्या आएसँगै स्थानीयहरु सञ्चारविहीन भएका गणेश बोहराले बताए। साइपालमा नेपाल टेलिकमबाहेक अन्य सेवा प्रदायक टेलिकमको पनि सेवा उपलब्ध नहुँदा साइपालबासीलाई खबर आदानप्रदान गर्न समस्या भएको उहाँले बताउनुभयो ।

यता नेपाल टेलिकम बझाङले भने टावर बिग्रिएको खबर प्राप्त भएको र बुधबारसम्म प्राविधिक पठाएर मर्मत गरिने बताएको छ । टेलिकमले शनिबार बेलुका मेघगर्जनसहित परेको चट्याङले क्षति पुर्‍याएको हुँदा समस्या उत्पन्न भएको जनाएको छ । 

विभिन्न अनलाइन बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314