बझाङको खप्तडछान्ना गाउँपालिमा २ वर्षीया बालिका बलात्कृत

सेयर गरौं

बझाङ — बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेको छ ।

फागुन १२ गते साँझ पाँच बजेतिर आफू घरबाट डेढ सय मिटर टाढा रहेको धारामा भाँडा धुन गएका बेला बालिकाको बलात्कार भएको भन्दै  बालिकाकी आमाले प्रहरीमा आइतबार जाहेरी दिएकी छन । उनले भनिन ‘भाँडा धोएर घर फर्किंदा मेरै घरमा छोरीलाई काखमा राखेर बलात्कार गरिरहेको थियो । छोरी चिच्याइरहेकी थिइ,उनलेे भनिन् , ‘मैले देखेर छोरीलाई तान्न खोज्दा मेरो शरीरमा पनि झुन्डियो । मैले धकेलेपछि उत्तानो र्पयो । म छोरी लिएर भागेँ’।
घटना हुनेबित्तिकै स्थानियलाई खबर गरेको र पीडक पक्षले गाउँमै घटना मिलाउन दबाब दिएको पनि उनले बताएकी छिन । जिल्ला प्रहरी कार्यालयमा बालिका बलात्कारको मुद्दा दर्ता भएसकेको र भियुक्तको खोजी भइरहेको प्रहरीले बताए ।

प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गर्दा गुप्तांगमा घर्षण भएको पाइएको बताए ।अभियुक्त पुरुष पीडित बालिकाकै नातेदार पर्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
4
+1
3
+1
1
+1
10
+1
51
संवाददाता
संवाददाता
Articles: 1203