दार्चुलाबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फ उद्धार

सेयर गरौं

दार्चुलाबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फ उद्धार छ । जिल्लाको अपिहिमाल गाउँपालिका-३ क्षेत्तीकीदुई दिनदेखि सुत्केरी ब्यथा लागेकी २३ वर्षीया सुरन्ती बोहराको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

शनिबार अपिहिमाल गाउँपालिका-वडा नम्बर ३ पाथाको ब्रथिङ सेन्टरमा भर्ना भएकी बोहराले बच्चा जन्माउन नसकेपछि सोमबार वडा नम्बर ४ स्थित खण्डेश्वरी स्वास्थ्य चौकी लगिएको थियो ।

खण्डेश्वरी स्वास्थ्य चौकीपनि उपचार सम्भव नभएपछि सोमबार अपरान्ह नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रादेशिक अस्पताल कोहलपुर लगिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1362