बैतडीको सिगासमा शिक्षकले जनप्रतिनिधिलाई कुटे 

सेयर गरौं

बैतडी– बैतडीमा एकजना शिक्षकले जनप्रतिनिधिलाई कुटपीट गरेको आरोप लागेको छ । सिगास गाउँपालिका ६ स्थित गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्णबहादुर साउँदलाई कुटपिट गरेको आरोप लागेको हो । 

शेरा लेकम सिँचाई सिचाई योजनाको बारेमा विवाद हुदा शिक्षक महेन्द्रले वडा सदस्य सोमबार कृष्णमाथी कुटपिट गरेको आरोप लागेको छ । वडा सदस्य साउँदको टाउको र औँलामा चोट लागेको छ  । वडा सदस्य साउँदले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको  बताए । उनले भने ‘सेरा लेकम सिँचाइ आयोजनाको बिषयमा म माथि कुटपीट भएको छ । मेरो औंला र टाउकोमा चोट लागेको छ ।’

घटनाका बिषयमा बुझ्न खोज्दा वडा अध्यक्ष तेजबहादुर साउँदले आफू काम विषेशले धनगढीमा रहेको बताए । कार्यबहाक अध्यक्षको रुपमा कृष्ण बहादुर साउँदलाई जिम्मेवारी दिएको र विवादको बारेमा खासै जानकारी नभएको उनले बताएका छन् । 

घटनाको बिषयमा जानकारी आएको र वडा अध्यक्ष धनगढीबाट फर्केपछि यो बिषयमा छलफल गरिने गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले बताइन् । 

आरोपित  शिक्षकलाई घटनाको बिषयमा पटक पटक फोन गर्दा समेत फोन रिसिभ भएन् । 

सगुन खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311