दार्चुलाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुरन्तीको गर्भमै शिशुको मृत्यु

सेयर गरौं

दार्चुलाको अपिहिमाल गाउँपालिकाकी सुरन्ती बोहराको गर्भमै शिशुको मृत्यु भएको छ। सुत्केरी व्याथा लागेपछि ६ घण्टा पैदल हिँडेर स्वास्थ्य संस्था पुगेकी सुरन्तीको गर्भमै शिशुको मृत्यु भएको हो । उनको ज्यान जोखिममा परेपछि सोमबार हेलिकोप्टरबाट उद्धार गरिएको थियोे। 

गर्भमै शिशु गुमाएकी अपी हिमाल गाउँपालिका– ३ क्षत्तिकी २२ वर्षीया सुरन्तीलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएकोमा चिकित्सकले सोमबार राति मृत शिशु निकालेका हुन् । गाउँमा स्वास्थ्य केन्द्र नहुँदा सुरन्तीलाई सुरुमा दुई घन्टा हिँडाएर पालिकाको पाथास्थित आधारभूत स्वास्थ्य इकाइ पुर्‍याइएको थियो । 

अनमीले स्वास्थ्य सेवा दिने इकाइमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति नै चार घन्टा पैदलै हिँडाएर खण्डेश्वरीस्थित आधारभूत स्वास्थ्यचौकी पुर्‍याइएको थियो । स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेकी सुरन्तीलाई थप उपचारका लागि सुर्खेत पुर्याइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311