बझाङमा कार्यालय खुल्नु अघि कर्मचारीले राष्ट्रिय गान गाउनु पर्ने

सेयर गरौं

जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गीत गाउने कार्यको सुरुवात गरेको छ ।

बुधबारदेखि जिल्ला प्रशासन कार्यालय खुल्नुअघि उक्त कार्यको सुरुवात गरिएको हो । प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व कर्मचारी पोशाकमा सजिएर राष्ट्रिय गान गाउन थालिएको छ । त्यसपछि मात्रै कार्यालयको काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

उनले भने, ‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी उपस्थिति हुने, राष्ट्रप्रतिको माया विश्वास र समपर्ण भावलाई झल्काउनुका साथै सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने विश्वास लिएका छौं ।’

उनले राष्ट्रिय गान पश्चात कार्यालयको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए । प्रमुख जिल्ला अधिकारी पाण्डेले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1356