कैलालीमा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका महिला र पुरुषको पहिचान खुल्यो

सेयर गरौं

कैलालीमा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका महिला र पुरुषको पहिचान खुलेको छ ।

कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी रहेको खुलेकोे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बुधबार दिउँसो उनीहरु दुवै जना सामुदायिक वनको एउटा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए । डीएसपी चन्दकाअनुसार दुवै जना छिमेकी हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा ललितादेवी बाख्रा चराउन जंगलमा गएकी थिइन् भने दास के–कति कारणले जंगलमा गएका थिए रु भन्ने खुलेको छैन । उनीहरु दुवै जना विवाहित भएपनि एकअर्कासँग सम्बन्धमा रहेको खुलेको प्रहरी प्रहरीले जनाएको छ ।

स्रोतकाअनुसार आपसी सम्बन्धबारे गाउँमा हल्ला चलेका कारण उनीहरुले मृत्युको बाटो रोजेको आशंका गरिएको छ तर घटनाबारे विस्तृत अनुसन्धान जारी छ ।
गाइगोरु चराउन गएका बालबालिकाहरुले दुवै जना रुखमा झुण्डिएको अवस्थामा मृत भेटेपछि स्थानीयलाई खबर गरेका थिए ।

अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रेम खड्का नेतृत्वको टोली घटनास्थल पुगेको छ । घटनास्थल कार्य सकेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी छ । मृतक दुवै जनाका श्रीमान–श्रीमती र छोराछोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325