बैतडीमा प्रहरी हवलदारको मृत्यु

सेयर गरौं

बैतडीमा एक प्रहरी हवलदारको मृत्यु भएको छ । जिल्लाको मेलैली नगरपालिकामा पर्ने सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार नविन चौधरीको मृत्यु भएको हो ।

कैलाली घर भएका अन्दाजी ३२ वर्षीय प्रहरी सहायक हवल्दार नविन चौधरीको ड्युटीको क्रममा एक्कासी बाहोस भएर बिरामी परी निधन भएको हो ।

बुधबार दिउँसो ड्युटीको क्रममा एक्कासी बेहोस भए, उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा डाक्टरले मृत्यु घोषणा गरे,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
संवाददाता
संवाददाता
Articles: 1246