पालिकाको अनुगमन टोलीद्वारा योजनाहरूको अनुगमन

सेयर गरौं

बझाङ – बझाङको थलारा गाउँपालिकाको अनुगमन समितिले थलारा गाउँपालिकाका योजनाहरूको अनुगमन गरेको छ । पालिकाको अनुगमन टोलीले युनाइटेड मिसन टु नेपालको सहयोग र प्रगतिशील युवा समाजद्वारा सञ्चालित सिर्जना परियोजनाबाट सञ्चालित योजनाहरूको अनुगमन गरिएको हो ।

अनुगमन टोलीले थलारा गाउँपालिका नम्बर नम्बर -६ स्थित भिमसेन भैरव चाउमिन उद्योग वडा नम्बर -३ स्थित उज्ज्वल मासु पसल वडा नम्बर १ स्थित मालिका भवानी अल्लो साँझ उद्योग त्यस्तै वडा नम्बर ९ खानी स्थित बर्षा पम्प सिचाइ योजना वडा नम्बर -६ भाँटगाउँ स्थित सवाल्वी कृषक समुह आलु खेती र वडा नम्बर -७ स्थित दुर्गा भगवती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मिनि डेरी तथा दुध संकलन केन्द्रको अनुगमन गरेको छ ।

अनुगमन टोलीमा थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खाती , प्रमुख प्रशासकीय अधिकृत सिद्धरा पण्डित कृषि शाखा प्रमुख तेजबहादुर ओली भेटनरी शाखाका चन्द्रबहादुर रोकाया , , प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशी सिर्जना परियोजनाका बलबहादुर ओड लगाएको सहभागीता थियोे ।

अनुगमनका क्रममा खिचिएका फोटोहरू

1677684629588
1677684625692
1677684621324
1677684612409
1677684615173
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72