प्रदेशको नाम पारित भएको खुसियालीमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा

सेयर गरौं

काठमाडौं – प्रदेश–१ को नाम कोशी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ ।

प्रदेश सभाबाट कोशी नाम पारित भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

पहिलो प्रदेश सभाले प्रदेश–१ को नाममा सहमति जुटाउन नसक्दा अन्य ६ वटै प्रदेशको नामकरण हुँदा पनि यो प्रदेशको नाम तय हुन सकेको थिएन । जसका कारण प्रदेश–१ का जनप्रतिनिधिको चर्को आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1346