बझाङमा जारी राष्ट्रपति रनिङ शिल्डमा छात्रा तर्फको भलिबल सम्पन्न,, उपाधी सुर्मा गाउँपालिकालाई

सेयर गरौं

बझाङमा जारी १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रा तर्फको भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
बिहीबार सत्यवादी माध्यमिक विद्यालय भोपुरमा सम्पन्न भएको फाइनल खेलमा छात्रातर्फको भलिबल खेलमा सुर्मा गाउँपालिका प्रथम भएको छ ।
छबिसपाथिभेरा गाउँपालिकालाई हराउँदै छात्रा भलिबल तर्फको प्रथम उपाधी सुर्मा गाउँपालिकाले हात पारेको छ । भने सुर्मा गाउँपालिका संग हार ब्यहोरेको छबिसपाथिभेरा गाउँपालिका द्वितीय भएको छ ।

यस्तै छात्रा तर्फ तेस्रो स्थानका लागि जयपृथ्वी नगरपालिका र वित्थडचिर गाउँपालिकाबीचको खेलमा वित्थडचिर गाउँपालिकाले जयपृथ्वी नगरपालिकालाई २/० को सोझो सेटमा पराजित गरेसँगै वित्थडचिर गाउँपालिका तृतिय स्थान ओगट्न सफल भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72