भीरबाट लडेर गम्भीर घाइते भएकी बझाङकि एक महिलाको उपचारको क्रममा मृत्यु

सेयर गरौं

भीरबाट लडेर गम्भिर घाइते भएकि बझाङकि एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत सोमबार घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी मष्टा गाउँपालिका १ कोटदेवलकी ४३ वर्षीय खिनुदेबि खड्काको उपचारको क्रममा आज कोहोलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

घर नजिकैको सकुन्ड्यारी भीरबाट लडेर उहाँकोे पेट, कम्मर, आँखा लगायतका अंगमा चोट लागेको थियो र जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि कोहोलपुर मेडिकल कलेज रेफर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1201