३ फाल्गुन २०८१, शनिबार

थलारा गाउँपालिकामा ३ दिने मानसिक स्वास्थ्य परियोजना व्यवसायीक बाख्रा पालन तालिम सञ्चालन
बझाङ – युनाइटेड मिसन टु नेपालको सहयोग र दलित सहयोग समाजको आयोजनामा थलारा गाउँपालिकामा ३ दिने मानसिक स्वास्थ्य परियोजना व्यवसायीक बाख्रा पालन तालिम सञ्चालन भइरहेको छ ।
मानसिक सेवा ग्राहीलाई आयआर्जनमा संलग्न गराउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको हो।
तालिम पश्चात् सहभागीलाई बाख्रा उपलब्ध गराइने दलित सहयोग समाजका कार्यक्रम संयोजक विस्ना बमले बताउनुभएको छ ।
तालिममा थलारा गाउँपालिकाका ५ जना औषधी खाइरहेका मानसिक सेवाग्राही र ५ जना तिनका अभिभावक गरि १० जनाको सहभागीता रहेको छ ।
सहभागीलाई थलारा गाउँपालिका भेटेनरी शाखा प्रमुख चन्द्रबहादुर रोकायाले प्रशिक्षण दिइरहनु भएको छ ।
तालिम बिहीबारदेखि सुरु भएको हो सनिवार सम्म चल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1