२८ आश्विन २०८१, सोमबार
बझाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जयपृथ्वी नगरपालिकालाई – द्वितीय र तृतीयको भए ?
बझाङ –बझाङमा सम्पन्न भएको १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जयपृथ्वी नगरपालिकाले हात पारेको छ । सत्यवादी माध्यमिक विद्यालय भोपुरमा सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ३ काँस्यसहित १५ पदक हात पारेर जयपृथ्वी नगरपालिकाले उपाधी जितेको हो ।
यस्तै प्रतियोगितामा दोश्रो भएको केदारस्युँ गाउँपालिकाले ६ स्वर्ण,६ रजत र ४ कास्य गरी १६ पदक हात पारेको छ । यस्तै तेश्रो भएको बुङ्गल नगरगाउँपालिकाले ६ स्वर्ण, ४ रजत, ४ कास्य गरी १४ पदक जितेको छ ।
प्रतियोगितामा बित्थडचिर गाउँपालिकाले १३ छबिसपाथिभेरा गाउँपालिकाले ११ दुर्गाथलि गाउँपालिकाले ५ , सुर्मा गाउँपालिकाले ३ साइपाल गाउँपालिकाले १ , मष्टा गाउँपालिकाले ३ खप्तडछान्ना गाउँपालिकाले ४ , त्यस्तै तलकोट गाउँपालिकाले ४ र थलारा गाउँपालिकाले ३ पदक हात पारेको छ ।
प्रतियोगितामा विजेता पालिकाको टीमलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकाया लगायतले पुरस्कार ,शिल्ड,ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
यही फागुन १३ देखि शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । प्रतियोगितामा बझाङका १२ वटै स्थानीय तहका टीमहरुको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, एथलेटिक्स र छात्रछात्रा कबड्डी सञ्चालन गरिएको थियो ।