७ माघ २०८१, सोमबार
सुदूरपश्चिममा सत्तारुढ दलका सांसदलाई अभिमुखीकरण कार्यक्रम
सत्तारुढ गठबन्धनले आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गर्दै आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सुदूरपश्चिममा पनि सुरु भएको छ ।
गठबन्धनमा आवद्ध सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन कैलालीको गोदावरी नगरपालिकाको शालिनी बाटिकामा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।
उनीहरुलाई गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरूले प्रशिक्षण दिनेछन् । अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरु सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1